Headlines, one place.
The latest from Nepal’s major news portals. Every headline links to the original story on the source’s own site.
सार्वजनिक निर्माण ठेक्कामा मूल्य समायोजन : कुन ठेक्कामा कुन सर्त ?
सरकारले असाधारण अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण कार्य रोकिन नदिने, चालु विकास आयोजनालाई निरन्तरता दिने र निर्माण क्षेत्रमा सिर्जित असन्तुलन न्यायोचित सम्बोधन गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागेको हो ।
बाढीमा बेपत्ताका आफन्तले स्वघोषणा गर्दै मृत्युको प्रमाणपत्र माग्नुपर्ने
२६ असोज, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई कानुनी रूपमा मृत घोषणा गर्न सरकारले नयाँ कार्यविधि लागू गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पारित…
बाढी प्रभावितलाई सामसङका फोन र अन्य उपकरणमा निःशुल्क मर्मत
२६ असोज, काठमाडौं । सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत बाढीबाट क्षति पुगेका योग्य सामसङका मोबाइल फोन, ट्याब्लेट तथा घरायसी उपकरणको…
अमेरिकाका लागि प्रस्तावित राजदूतलाई प्रश्न– नेपालको स्वार्थमा काम गर्ने कुरा कसरी विश्वास गर्ने ?
२६ असोज, काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापासँग सोमबार संसदीय सुनुवाइ भएको छ । सुनुवाइका क्रममा सांसदहरूले नेपाल र अमेरिकी सम्बन्ध र यसबारेका चासोका विषय उठाएका छन् । रास्वपाका सांसद मधुकुमार…
ज्योतिषी हरिहर अधिकारीको ‘पार्वती’ : ग्रहदशा मिलेन कि ?
कुनै बेला राजेश हमाल अविवाहित थिए । त्यसताका राजेश हमालको ‘विवाहको साइत कहिले जुर्छ’ भनी ज्योतिषीय गणना गरिदिने व्यक्ति थिए, हरिहर अधिकारी । यसरी राजेश हमालको नाम जोडिएर अचानक चर्चामा आएका थिए यी ग्ल्यामरस ज्योतिषी ।…
भारतमा ‘भोट चोरी’ को आरोपसहित विपक्षीको सुप्रिम कोर्ट मार्च
मतदाता नामावलीमा व्यापक धाँधली र कथित ‘भोट चोरी’ भएको आरोप लगाउँदै विपक्षी दलहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्।
अमेरिकाका लागि प्रस्तावित राजदूतको प्रतिबद्धता– कुनै पनि सम्बन्धले कूटनीतिक कार्यमा बाधा पुग्न दिन्नँ
उनले सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिँदै आवश्यक परे बिदाको दिनमा पनि सेवा प्रवाह गर्न र बजेट व्यवस्थापनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने बताए ।
पक्राउ परेका कांग्रेस उम्मेदवारसहित ५ जनाविरुद्ध संगठित कसुरमा पनि अनुसन्धान
सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले संगठित अपराधको कसुर पनि लगाएर अनुसन्धान गरिएको पुष्टि गरे । संगठित अपराधको कसुर लगाएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई हुन्छ ।
एम्बुलेन्स तोडफोडको आरोपमा तीन जना पक्राउ
सभापाेखरी गाउँपालिकाकाे एम्बुलेन्स ताेडफाेड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पूर्वसांसद डा. विजय पौडेलको निधन
२६ असोज, काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको केहीबेर अघि कीर्तिपुर अस्पतालमा निधन भएको हो । कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल…
डिलाको राजनीतिक फड्को : वडा सभापतिदेखि महामन्त्रीसम्म
वडा तहबाट सुरु भएको डिला संग्रौलाको राजनीतिक यात्रा महिला संघको केन्द्रीय नेतृत्व, कांग्रेसको केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, पार्टीको सहमहामन्त्री हुँदै पहिलो महिला महामन्त्रीसम्म पुगेको छ ।
दसैंमा चंगा : उमंगको प्रतीक, पानी पुग्यो भन्ने सन्देश
यसपालि मनसुन चक्र लम्बियो । त्यसैले दसैं सुरु हुँदा पनि ‘हट्यो सारा हिलोमैलो, हरायो पानीको वर्षा’ भनेजस्तो भएन । आकाश धुम्मिइरह्यो । दर्के झरी परिरह्यो । सायद यही कारण पो हो कि, यसपालि आकाशिएका रंगबिरंगी चंगा खासै देख्न…
घेराबन्दी सकिएको छैन, बलियाले बलजफ्ती गर्छ भने प्रतिवाद गर्नुपर्छ : ओली
उनले निहत्था जनतालाई हतियार र संगठित बलमा दबाइयो भने त्यसमा जनताले प्रतिवाद गर्नुपर्ने बताए ।
ठट्टा गर्दैछन् निश्चल, ‘धन्न बुढी छे र त यसरी मिलाएर फोटो खिचिदिन्छे’
अहिले निर्देशक निश्चल बस्नेत या त फुर्सदिलो हुनुपर्छ या त ठट्यौली मुडमा । उनलाई ख्यालठट्टा गर्ने खुब रहर चलेको छ । अस्तिमात्र उनले लेखेका थिए, ‘धन्न बिहे गरिहालिएछ । नत्र त सिङ्गलै भइने रहेछ ।’ त्यसमा उनले आफ्नो…
एमाले केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले लिए शपथ
नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
स्वास्थ्य सेवा विभागले जारी गरेको राष्ट्रिय निर्देशिकामा के छ ?
२६ भदौ, काठमाडौं । आत्महत्याको जोखिम समयमै पहिचान गरी जोखिममा रहेका व्यक्तिलाई उपयुक्त सहयोग, उपचार तथा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले ‘आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका,…
सेयर बजारमा बैंकिङको अब्बल प्रदर्शन, किन बढिरहेको छ ?
बैंकिङ समूह हाल ६ महिनाकै उच्च विन्दुमा पुगेको छ । बैंकिङ समूह अहिले १५३२ अंकमा कायम भएको छ, जुन अंक गत चैत १२ यताकै उच्च हो ।
एमालेले प्रस्तावित राजदूतसँग खोज्यो नेपाली महिला बिहेपछि चीनमा अलपत्र पर्ने समस्या समाधानको उपाय
२६ असोज, काठमाडौं । नेकपा एमालेले चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मासँग नेपाली महिला बिहे गरेर चीन जाने र अलपत्र पर्ने समस्या समाधानको उपाय खोजेको छ । शर्माको सुनुवाइ जारी छ । सांसदहरुले प्रश्न र सुझाव राखेका…
रुस र युक्रेनबिच ‘इन्धन युद्धविराम’ भएको ट्रम्पको दाबी: जेलेन्स्की भने अनभिज्ञ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन एकापसका इन्धन तथा ऊर्जा संरचनाहरूमा आक्रमण नगर्न 'इन्धन युद्धविराम' मा सहमत भएको दाबी गरेका छन्। यद्यपि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यसबारे आफूलाई…
नेपालमा चिनी उत्पादन बढाउन भारतबाट ल्याइयो उखुका ४ उन्नत जात
यी जातको सफल विस्तारपछि उखु उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई नेपाल चिनीमा आत्मनिर्भर हुने विश्वास नार्कले लिएको छ ।
कांग्रेस खुला केन्द्रीय सदस्यहरूको मतगणना भोलिबाट
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबारदेखि सुरु गरिने भएको छ । केन्द्रीय निर्वाचन समितिले खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहानबाट गर्ने तयारी…
कांग्रेस खुला केन्द्रीय सदस्यहरूको मतगणना भोलिबाट
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबारदेखि सुरु गरिने भएको छ । केन्द्रीय निर्वाचन समितिले खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहानबाट गर्ने तयारी…
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र उडफोर्डलाई
रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रतिष्ठित पुरस्कार दिइएको हो ।
दिल्लीको जन्तरमन्तरमा अब विरोध प्रदर्शन गर्न नपाइने
दिल्लीमा विरोध प्रदर्शन र धर्ना आयोजना गर्नका लागि जन्तरमन्तरलाई तोकिएको स्थानको सूचीबाट हटाइएको छ।
कति बजेटमा बनेको फिल्म होला, जसले डेढ लाख पनि कमाएन ?
एउटा फिल्म निर्माणका लागि कति बजेट चाहिन्छ ? यो फिल्मको आकार र प्रकार हेरेर निर्धारण हुन्छ। यद्यपि, तथ्याङ्कले भन्छ, नेपालमा औसत २ करोड हाराहारीमा फिल्म बनिरहेका छन् । एकदमै न्यूनतम बजेट भनेको पनि ५० लाख त हुन्छ नै ।…
बुढीगण्डकी बाढीले एक दर्जन खानेपानी आयोजनामा क्षति
बाढीका कारण त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने विशालटार आरुघाट खानेपानी आयोजनामा क्षति पुगेको छ ।
आरुघाटमा बाढीले भाँचेको पुलमा बेलिब्रिज राख्न सेनाले थाल्यो तयारी (तस्वीरहरू)
सडकसम्पर्क जोड्नका लागि अहिले नेपाली सेनाले बेलिब्रिज जोड्ने तयारी सुरु गरेको हो।
बुढीगण्डकी बाढीमा सबै पर्यटक सुरक्षित, पदमार्गमा ठूलो क्षति
चुम भ्याली पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको छ ।
सेयर बजार : नेप्से बढ्यो, कारोबार घट्यो
२६ असोज, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंक बढेको छ । अघिल्लो कारोबार दिन १७.१५ अंक बढेको नेप्से आजको वृद्धिपछि २५९५ अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ८३ करोडको कारोबार…
प्रस्तावित राजदूतलाई प्रश्न– तपाईंको प्राथमिकता चीनको चाहना हुन्छ कि नेपालको स्वार्थ ?
२६ असोज, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माको संसदीय सुनुवाइ जारी छ । सुनुवाइका क्रममा सांसदहरुले प्रश्न गरिरहेका छन् । रास्वपाका सांसद मधु कुमार चौलागाईंले प्रश्न गरे, ‘तपाईंको प्राथमिकता चीनको…
अधिक तरलता समस्या अझै २ वर्ष समाधान हुने देखिँदैन
नेपालमा आधार नै सानो भएकाले तरलताको परिदृश्यमा एकदमै छिटो उतारचढाव हुन्छ । तरलता अभाव हुँदा स्वाट्टै घट्ने र बढी हुँदा स्वाट्टै अधिक हुने गरेको छ । आजको दिनमा बैंकहरूका लागि सबैभन्दा ठूलो चुनौती नै तरलता व्यवस्थापन…
राजनीतिक हस्तक्षेप र न्यायिक जवाफदेहिताबीच रुमल्लिएको अदालत
दुई दशकदेखि नेपालमा न्यायपालिका सुधारको बहस चलिरहेको छ। विभिन्न समिति र अध्ययनले समस्या पहिचान गर्दै सुधारका उपाय सुझाए पनि कार्यान्वयनको प्रश्न भने अझै अनुत्तरित छ। न्यायिक स्वतन्त्रता र उत्तरदायित्वबीच सन्तुलन कायम…
पीईभीसीबारे बोर्डको अध्ययन : जोखिमका आधारमा ३ किसिममा वर्गीकरण प्रस्ताव
२६ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालमा प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल (पीईभीसी) प्रणालीको मूल्याङ्कन तथा नियामकीय सुधारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार…
गौंथली : १२ दिनपछि पुग्दैछ प्रदर्शनको सय दिन
‘नपत्याउने खोलोले बगाउँछ’ भनेझैँ औसत मानिएको फिल्म ‘गौंथली’ ले विगत तीन महिनादेखि बक्स अफिस कब्जा गरिरहेको छ । त्यसबीचमा दर्जन हाराहारी नेपाली फिल्म प्रदर्शनमा आए, तर कसैले ‘गौंथली’ को उडान रोक्न सकेन । हिजो आइतबार…
चीनसँगको १४ वटा सीमा व्यापार विन्दुहरू नियमित सञ्चालन गर्न पहल गर्ने प्रस्तावित राजदूतको प्रतिबद्धता
२६ असोज, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले चीनसँगको १४ वटा सीमा व्यापार बिन्दुहरूको नियमित सञ्चालनका निम्ति पहल गर्ने प्रतिबद्धता जनाएका छन् । अहिले शर्माको संसदीय सुनुवाइ जारी छ । कनेक्टिभिटी,…
बूढीगण्डकीले बिथोलेको शान्ति बजार (तस्वीरहरू)
बूढीगण्डकी नदी किनारमा सधैं शान्त दैनिकीमा रहने शान्ति बजारको शान्ति आइतबार बिहान आएको लेदोसहितको आकस्मिक बाढीले बिथोल्यो । त्यहाँका बासिन्दाले भागेर ज्यान जोगाए । तर वस्तुभाउ जोगाउन सकेनन् ।
कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबु अग्रता बढाउँदै
दुई हजार ३९० मत गणना गर्दा खतिवडाले एक हजार ७५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ७७२ मत ल्याएका छन् ।
के छन् चीनका लागि प्रस्तावित राजदूत शर्माका प्रतिबद्धताहरू ?
चीनको परराष्ट्र मन्त्रालय, कम्युनिस्ट पार्टी राज्य परिषद्, राष्ट्रिय जनकांग्रेस प्रान्तीय सरकार, विश्वविद्यालय र थिंक ट्यांकसँग नियमित सम्पर्क गर्ने पनि उनले आफ्नो प्रतिबद्धतामा राखेका छन् ।
दशैं यात्रा : झोलामा के-के औषधि बोक्ने ?
दशैंमा परिवारसँग भेटघाट गर्न गाउँघर फर्किने र लामो दूरीको यात्रा गर्नेको संख्या बढ्छ । यात्राका क्रममा ज्वरो आउने, टाउको दुखाइ, वाकवाकी, पखाला वा सामान्य चोटपटकको समस्या हुन सक्छ । त्यसैले यात्राको तयारी गर्दा कपडा र…
पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ
२६ असोज, पेशावर (रासस/एएफपी)। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ…
चलचित्र कलाकार संघको शुभकामना आदानप्रदान कार्यक्रम, ‘साथी राइड’ को शुभारम्भ
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’ को शुभारम्भ तथा बडादसैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा…
चीनका लागि प्रस्तावित राजदूत शर्माको संसदीय सुनुवाइ थालियो
२६ असोज, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा उनीमाथि सुनुवाइ सुरु भएको हो । यसअघि आज भारतका लागि प्रस्तावित राजदूत डा.…
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिमाथि कांग्रेसले माग्यो प्रस्तावित राजदूतको धारणा
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारे विवादित अभिव्यक्तिबारे भारतका लागि प्रस्तावित राजदूतको धारणा माग गरेको छ । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको आज संसदीय…
मध्यपूर्वमा तनाव बढ्दै, अमेरिकी प्रस्तावप्रति इरानको असन्तुष्टि
युद्ध अन्त्यका लागि अमेरिकाले दिएको पछिल्लो जवाफप्रति इरानले असन्तुष्टि व्यक्त गरेको छ ।
अस्ट्रेलियाको दक्षिणी राज्यमा प्रहरीमाथि आक्रमणका घटना बढ्दै
अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ।
स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त
२६ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त भएका छन् । बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूले सोमबार आयोजित एक…
एल निनोले समुद्री तापक्रमको रेकर्ड तोड्यो
२६ असोज, पेरिस (रासस/एएफपी)। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको…
नेपथ्य : रसमा डुबेको एक कीर्तिपुरे साँझ
‘मै मरिजाउँला, जीवन छोटो छ हो… लेखेको सम्झना चेतेर नफाल सिरानमा फोटो छ… सिरानमा फोटो छ।’ शनिबारको दिन अर्थात् एकदिने अवकाशको समय । साँझको चिसो बतास फैलिरहेको कीर्तिपुर । जुन छेकेर भेला भएका बादलहरू । ४ बजेदेखि नै…
भारतका लागि प्रस्तावित राजदूतलाई एमालेको प्रश्न– कालापानीबारे के गर्नुहुन्छ ?
२६ असोज, काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेलाई कालापानीबारे प्रश्न राखेकी छिन् । संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित राजदूत डा. पाण्डेमाथि…
बक्स अफिस : ‘चमेलीको पोई’ चुर्लुम्मै डुब्दा कुन फिल्मले कति कमायो ?
अहिले हलमा आधा दर्जनभन्दा बढी नेपाली फिल्मबीच भिडन्त छ । कुनै फिल्म महिनादिनअघि प्रदर्शनमा आएका थिए भने कुनै सातादिनअघि । यी फिल्ममध्ये कुन अग्रपङ्क्तिमा छ ? कुन फिल्मलाई दर्शकले रुचाएका छन् ? यी प्रश्नको एकमुष्ट जवाफ…
पर्थमा ‘प्रमोद एण्ड परम्परा’ को प्रस्तुति, झरीसँगै झुमे नेपाली
काठमाडौँ । १० अक्टोबर २०२६ मा अस्ट्रेलियाको पर्थ सहर अर्कै सांगीतिक रौनकमा सजिएको थियो । अवसर थियो– गैरआवासीय नेपाली संघ एनआरएन पर्थद्वारा आयोजित ‘नेपाल फेस्टिभल’। जहाँ चर्चित गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद…
महामन्त्री प्रदीप पौडेलको प्रतिबद्धता – कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछौं
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले महामन्त्रीको जिम्मेवारी प्रदान गर्ने…
प्रस्तावित भारतका राजदूतलाई प्रश्न– नेपालको हित विपरित प्रस्ताव आए के निर्णय लिनुहुन्छ ?
२६ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको संसदीय सुनुवाइ जारी छ । सुनुवाइका क्रममा सांसदहरूले उनलाई प्रश्न राखिरहेका छन् । रास्वपा सांसद पुनम कुमारी अग्रवालले प्रश्न गरेकी छिन्, ‘भारतमा…
नगरकोटमा ४ दिने ‘चङ्गा चेट’ उत्सव मनाइँदै
काठमाडौं । दसैँको अवसरमा नगरकोटमा ४ दिने ‘चङ्गा चेट प्रि-दसैँ उत्सव’ आयोजना हुने भएको छ । असोज २८ देखि ३१ गतेसम्म चल्ने उत्सवमा चङ्गा उडाउने गतिविधिसँगै लाइभ म्युजिक, नृत्य, फुड स्टल, फेस पेन्टिङ, पोटरी, जादु तथा…
हतारहतार घर छाडे स्थानीयले, आरूघाट पुल बगाउँदा टुट्यो सम्पर्क
'हाम्रो आँखाअगाडि नै पारिको बजार र छेउका सबै क्षेत्र डुबायो। हामी माथि नै बसिरह्यौं' उनले सुनाइन्।
प्रस्तावित राजदूतलाई रास्वपा सांसदको प्रश्न– तपाईं नेपोबेबी हो कि होइन ?
२६ असोज, काठमाडौं । रास्वपा सांसद राजिव खत्रीले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेलाई ‘नेपोबेबी’ भनेर भएको टिप्पणीको जवाफ खोजेका छन् । संसदीय सुनुवाइ समितिमा पाण्डेमाथिको सुनुवाइ जारी छ । बैठकमा सांसद…
१५ वर्ष पछिको कमब्याक, कस्तो बन्ला ‘द डर्टी पिक्चर २’ ?
विद्या बालनको नाम लिनासाथ धेरैलाई झट्टै सम्झना आउँछ, ‘द डर्टी पिक्चर’ । सिल्क स्मिताको अवतारमा उनले पर्दामा जुन तहल्का मच्चाइन्, त्यो अझै बिर्सन सकिएको छैन । छोटा लुगा, बिन्दास हाउभाउ र बोल्ड अन्दाजमा देखिएकी विद्याले…
प्रस्तावित राजदूत भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारत भ्रमण गर्नुहुनेछ
परराष्ट्रमन्त्रीले जानकारी गराए अनुसार भनेर प्रस्तावित राजदूत पाण्डेले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको विषय स्मरण गरेका हुन् ।
राति ६ घण्टा बन्द गरेर पृथ्वी राजमार्गको गलौंदी खण्ड मर्मत गरिने
त्रिशूली नदीको कटानका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
सडक डिभिजन विराटनगरले तोड्यो दुई ठेक्का
कार्यालयले ३० दिनभित्र सम्पर्क राखी वित्तीय फरफारक गर्न अल्टिमेटम दिएको छ ।