Headlines, one place.
The latest from Nepal’s major news portals. Every headline links to the original story on the source’s own site.
रोबर्ट हल र माइकल वुडफर्डलाई यो वर्ष अर्थशास्त्रतर्फ नोबेल पुरस्कार
गत साता पाँच विधामा र अहिले अर्थशास्त्रतर्फको पुरस्कार घोषणा भएसँगै यो वर्ष नोबेल पुरस्कारका सबै विधाका विजेताको नाम घोषणा हुने क्रम टुङ्गिएको छ।
बुढीगण्डकी थुनिँदा पनि 'भूकम्पीय हलचल' मापन, के अझै खतरा बाँकी छ
झन्डै डेढ महिनाअघि भोटेकोशी-त्रिशूली क्षेत्रमा बाढी आउँदा लाङ्टाङ लिरुङ क्षेत्रमा पनि भूकम्पीय हलचल मापन भएको थियो। सुरुमा भूकम्पका कारण पहिरो खसेको आशङ्का गरिए पनि वैज्ञानिक अनुसन्धानले पछि पहिरोका कारण नै कम्पन…
रुसी ड्रोन बज्रिन लागेको देख्नासाथ भाग्दा ज्यान जोगियो
गत साता स्भियातोत्रिभ्स्के गाउँस्थित एउटा उद्यान र खेलमैदाननजिकै ड्रोन बज्रिँदा ठूलो विस्फोटन भएको थियो।
फाइटर विमानमा थाई महारानीको एकल उडान
गत साता देशको दक्षिणी प्रान्त सुरात थानीमा महारानी सुथिदाले एकल उडान गर्दा राजा महा वजिरालङ्कर्नले जमिनबाट अवलोकन गरेका थिए।
हवाई हमला भएपछि साउदी विमानस्थलको अवस्था
हूथी समूहले साउदी अरबलाई लक्ष्य गरी बलिस्टिक र क्रूज क्षेप्यास्त्रहरू तथा ड्रोनहरू प्रहार गरेको जनाएको छ।
दिल्लीमा देखिएको असन्तुष्टि निर्वाचन आयोगविरुद्ध मात्रै हो कि मोदी सरकारको कार्यशैलीविरुद्ध पनि
शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु नागरिकको मौलिक अधिकार हो, तर प्रहरीले प्रदर्शनको अनुमति दिइरहेको छैन र सरकार पनि कडा रूपमा प्रस्तुत भइरहेको छ। जारी आन्दोलनको भारतमा कस्तो प्रभाव पर्न सक्छ?
हालैको वर्षाले धानबालीलाई फाइदा, तर किन छैन अझै ढुक्क हुने अवस्था
हालैको वर्षाले धेरै क्षेत्रमा सिँचाइका लागि आवश्यक पानीको उपलब्धता सहज बनाएको भए पनि धान उत्पादनको अन्तिम परिणाम भने वर्षाको निरन्तरता, आगामी दिनको मौसम र स्थानीय स्तरमा देखिएका प्राकृतिक विपद्का घटनामा निर्भर रहने…
बुढीगण्डकीमा आकस्मिक बाढीसँगै थपियो चिन्ता, 'ढुक्कसँग घरमा सुत्ने अवस्था रहेन'
"पहिले हामीले ठूलो पानी पर्यो भने बाढी आउँछ भन्ने सोच्थ्यौँ, तर बाढी आउनलाई पानी ठूलो पर्नु पर्दो रहेनछ, कतै पनि पानी नपरे पनि यत्रो ठूलो बाढी आयो।"
कांग्रेसको महाधिवेशनको रोचक मोड, पछिल्लो अवस्था के छ?
कांग्रेसको विशेष महाधिवेशनका एक मुख्य आह्वानकर्ता तथा महामन्त्री गुरुराज घिमिरे महाधिवेशनमा महामन्त्रीको निम्ति भएको चुनावमा पछाडि परेका छन्।
सन् १९८० दशकको शैलीका भाइरल एआई तस्बिर: यो ट्रेन्ड पछ्याउँदा चुकाउनुपर्ने मूल्य कस्ता?
विगतको सम्झना दिलाउने आकर्षक तस्बिरसँगै गोपनीयताको चिन्ता पनि बढेको छ। विज्ञहरूका अनुसार प्रयोगकर्ताहरूले तस्बिर सार्वजनिक गर्ने क्रममा अन्जानमै व्यक्तिगत तथा संवेदनशील जानकारीसमेत सार्वजनिक गरिरहेका हुन सक्छन्।
अमेरिकामा करिब एक शताब्दीअघि रोकिएको सार्वजनिक रूपमा दिइने मृत्युदण्ड किन ब्युँताइँदै छ?
मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने विचारबारे अमेरिकी जनताको धारणा के छ भन्ने जान्न अझै हतार हुनेछ। तर लाखौँ वा त्योभन्दा बढी मानिसहरूले त्यो हेर्ने सम्भावना छ।
'मेरुदण्ड चल्न चाहन्छ': गर्दनलाई कसरी सीधा राख्ने
आधुनिक जीवन गर्दनका लागि एकदमै खराब छ, तर यी पाँच अभ्यास गर्ने प्रयास गर्न सक्ने हो भने त्यसले तपाईँ जुन उमेरको भए पनि गर्दनलाई स्वस्थ राख्न र समस्याबाट जोगिन मद्दत गर्छ।
बुढीगण्डकी बाढीपछि 'पाँचजना सम्पर्कविहीन', असर कस्तो छ, उद्धार कसरी हुँदै छ?
गोरखाको माथिल्लो भेगबाट बग्ने बुढीगन्डकी नदीमा ठूलो बाढी आएको र पानीको बहाव निकै उच्च रहेको भन्दै सरकारले ६ वटा जिल्लाका नदीका तटीय र तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सवारीसाधन बन्द गराउन निर्देशन…
साउदी अरबको विमानस्थलमा गरिएको हमलामा विदेशी नागरिकसहित कम्तीमा १२ जनाको मृत्यु, सयौँ घाइते
यमनका हूथी विद्रोहीबाट साउदी अरबमा सोही प्रकृतिको आक्रमण गरिएको भन्ने दाबी आएको केही दिनपछि यो हमला भएको छ।
एनपीएल सीजन ३: चर्चित विदेशी खेलाडीहरू कोको आउँदै छन्
थुप्रै समर्थकहरूलाई यसपालि नयाँ के भन्नेसँगै कोको विदेशी खेलाडी आउने हुन् भन्नेमा चासो हुने गरेको छ।
कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाका भावी चुनौती के छन्
नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापालाई पार्टी सभापतिका रूपमा बहुमतले शनिवार निर्वाचित गरेको छ।
'स्माइलिङ डिप्रेशन' के हो, यसलाई कसरी चिन्ने
यदि तपाईँ बाहिर खुसी देखिए तापनि भित्रभित्रै पीडा भोगिरहनुभएको छ भने तपाईँलाई असामान्य प्रकारको 'स्माइलिङ डिप्रेशन' भएको हुन सक्छ।
नेपालमा पानी र बिजुलीको बिल कतिले अनलाइन तिर्ने गर्छन् र सङ्ख्या किन बढाउन खोजिँदै छ?
अनलाइन भुक्तानी गर्दा वित्तिय पारदर्शिता, ग्राहकको समयको बचत, कार्यालयमा जनशक्ति कम लाग्नेजस्ता फाइदाहरू हुने भएकाले अनलाइन भुक्तानी गर्न ग्राहकहरूलाई प्रोत्साहन गरिएको अधिकारीहरूले बताएका छन्।
दिल्लीमा 'कक्रोच' प्रदर्शनमाथि प्रहरीको धरपकड, आफ्ना नेताहरूलाई नियन्त्रणमा लिइएको उक्त समूहको भनाइ
पूर्वनिर्धारित विरोधप्रदर्शनअघि सीजेपीका संस्थापक अभिजित दीपकेले प्रदर्शनका क्रममा आफूलाई पक्राउ गरियो भने पनि भारतमा निष्पक्ष चुनावका लागि सङ्घर्ष जारी रहने बताएका छन्।
भारतलाई कसरी चिनियाँ आयातको लत बस्यो
भारतमा चीनबाट हुने आयातको अहिलेकै गति कायम रहने हो भने द्विपक्षीय व्यापारको घाटा १ खर्ब ३४ अर्ब अमेरिकी डलर भन्दा धेरै हुने र भारतीय उद्योगहरू भन्दा बेइजिङले लाभ पाइरहने एक जना विज्ञ बताउँछन्।
भारतमा दुइटा टाउका भएको दुर्लभ 'वुल्फ स्नेक' भेटियो
भारतको गुजरात राज्यस्थित एउटा गाउँमा दुर्लभ मानिने दुईटाउके 'वुल्फ स्नेक' प्रजातिको सर्प फेला परेको छ। यसका चारओटा आँखा छन्।
बाढीका कारण खाद्यान्न अभाव हुन सक्ने डर, सङ्कट टार्न के गर्न सकिएला
बाढी र पहिरोका कारण सडक सञ्जालमा पनि क्षति पुगेकाले सम्पूर्ण आपूर्ति प्रणालीमै अवरोध हुँदा प्रभावित क्षेत्रमा खाद्य असुरक्षाको खतरा बढेको छ।
विनाशकारी बाढी देखेका र भोगेका बालबालिकाको मनोदशा कसरी बुझ्ने, कसरी सहयोग गर्ने
विनाशकारी बाढी देखेका र भोगेका बालबालिकामा कस्तो मानसिक प्रभाव परेको छ भन्ने कसरी थाहा हुन्छ? अनि त्यस्ता उनीहरूलाई कस्तो सहयोग चाहिन्छ र त्यो कसरी उपलब्ध हुन सक्छ?
यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई, उनी को हुन्
अहिलेसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्ति गरी पाँच विधाका विजेताको नाम घोषणा भइसकेको छ।
पोखरीमा हाम फालेपछि सन्दिग्ध फोनचोर पक्राउ
यूकेको राजधानी लन्डनमा प्रहरीबाट जोगिन भागेका एक व्यक्तिले पोखरीमा हाम फालेको देखिने भिडिओ सार्वजनिक भएको छ।
समुद्री आँधी आउँदा अन्तरिक्षबाट ठाउँठाउँमा देखियो चट्याङ
यो समुद्री आँधी अमेरिकाको नोर्दर्न गल्फ कोस्टमा शुक्रवार राति बज्रिने अनुमान गरिएको छ।
चन्द्रमाको परिक्रमा गरेर आर्टिमिस-२ पृथ्वी फर्किँदा खिचिएको भिडिओ
आर्टिमिस-२ ले गत एप्रिल महिनामा चन्द्रमा वरिपरि झन्डै १० दिनको यात्रा गरेको थियो।
इरानसँगको वार्ता सकारात्मक दिशामा, नोभेम्बर ३ अघि आक्रमण हुँदैन: ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक रहेको बताए पनि नाकाबन्दी पूर्ण रूपमा कायमै रहने बताएका हुन्।
'न्यूमोनिक प्लेग' कोभिडजस्तै विश्वभर फैलन सक्ने सम्भावना कति
गत शुक्रवार साइबिरियामा 'अज्ञात' कारणको निमोनिया भएर एक महिलाको मृत्यु भएपछि विश्वभर 'न्यूमोनिक प्लेग'बारे चर्चा भइरहेको छ।
बाढीले बिजुली आपूर्तिमा असर, भारतमाथि 'निर्भरता झन् बढ्ने'
भदौ १० को भीषण बाढीका कारण थुप्रै जलविद्युत आयोजनामा क्षति पुगेपछि आउँदो हिउँदमा भारतबाट गरिने विद्युत् आयात गत वर्षभन्दा औसत करिब १०० मेगावाटले बढ्न सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
उपभोक्ताले जुनसुकै सिलिन्डर ल्याए पनि ग्यास दिने तयारी, कार्यान्वयन कसरी
लामो समयदेखि एलपी ग्यासको आपूर्ति शृङ्खलामा देखिँदै आएको असहजतालाई सम्बोधन गर्न निगमले व्यवसायीहरूसँग विभिन्न विकल्पहरूबारे छलफल गर्दै सहयोग मागिरहेको छ।
नोबेल साहित्य पुरस्कार क्यानडाकी एन कार्सनलाई
नोबेल पुरस्कार समितिका अनुसार अब शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुने छ।
बाढीपीडितले स्थानीय निकायबाट कस्तो सुविधा पाउँदै छन्
जनतासँग सबैभन्दा नजिक रहने भएकाले स्थानीय निकायले बाढीपीडितहरूलाई प्रदान गर्ने सहयोग झन् प्रभावकारी हुन सक्ने ठानिन्छ।
बाढीबाट प्रभावित स्थानमा सरुवा रोग फैलिन नदिन केके गरिँदै छ
स्वास्थ्य मन्त्रालयका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा सरुवा रोग फैलिन नदिन सावधानीका विभिन्न उपाय अपनाइएको छ। ती केके हुन्?
हिमालयको सुन्दर चरा डाँफेमा देखिँदै छ परिवर्तन, मानव गतिविधिले फेरिँदै छ उसको आवाज
अनुसन्धानले बढ्दो मानव गतिविधिले 'हिमालयन मोनाल'को वासस्थानको र सञ्चारको शैली बदलिएको देखाएको छ।
आफूले नोबेल पुरस्कार जितेको परिवारलाई बताउँदै कार्ल डाइसरोथ
यो भिडिओ न्यूरोवैज्ञानिक तथा स्ट्यान्फर्डका प्राध्यापक कार्ल डाइसरोथले आफूले नोबेल पुरस्कार जितेको कुरा परिवारलाई बताउँदा खिचिएको हो।
भारतीय अभिनेता नाना पाटेकरको निधन : विशिष्ट शैली र जीवन्त अभिनयको सम्झना
गोवास्थित आफ्नो निवासमा बिहीवार बिहान अचेत अवस्थामा भेटिएपछि नाना पाटेकरलाई अस्पताल लगिएको थियो।
७०,००० भन्दा बढी ड्रोन उडाएर नयाँ कीर्तिमान
'गिनिज वर्ल्ड रेकर्ड्स'ले यो प्रदर्शनीमा एक सातामा सर्वाधिक ड्रोन उडाइएको मान्यता दिएको छ।
नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपतिको भनाइ
नर्वेको नोबेल समितिले सन् २०२६ को नोबेल शान्ति पुरस्कार घोषणा शुक्रवार गर्ने भएको छ।
एल निन्योका बाबजुद मनसुनमा औसतसरह नै वर्षा, अब हिउँदमा कति पानी पर्ला?
प्रारम्भिक विश्लेषणमा अक्टोबर पहिलो सातासम्म औसत मनसुनी वर्षाको करिब ९५ प्रतिशत वर्षा भएको देखिएको विभागका एक जना मौसमविद्ले बताएका छन्।
भदौको बाढी '१० करोड घनमिटर आयतनको हिमचट्टानका कारण', नयाँ अध्ययनका अरू निष्कर्ष के
यो अध्ययनले भविष्यमा निम्तिन सक्ने विपद्का घटनामा खास गरी भूकम्पीय तरङ्गले पूर्वसूचना प्रणाली विकास गर्न सघाउ पुर्याउने वैज्ञानिक तथा विज्ञहरूले बताएका छन्।
विपद्को बेला मिथ्या समाचारको बिगबिगीबाट कसरी जोगिने
झट्ट हेर्दा वास्तविकजस्तै लाग्ने कतिपय त्यस्ता सामग्री एआईबाट सिर्जित थिए। कैयौँ मानिसहरू त्यस्ता सामग्रीबाट प्राप्त हुने सूचना सही नभएको छुट्ट्याउन सक्दैनन्।
बाढीले खेत बगाएका किसानले कस्तो राहत पाउँछन्, 'बगर'मा कस्तो खेती हुन सक्छ
बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको वास्तविक तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।
अमेरिकामा दोस्रो विश्वयुद्धपछि पहिलो पटक सामूहिक गोली हानेर मृत्युदण्ड दिइँदै
संयुक्त राज्य अमेरिकाको सेनामा कार्यरत एक मनोचिकित्सकलाई सामूहिक रूपमा गोली हानेर मृत्युदण्ड दिइने त्यहाँको रक्षा मन्त्रालय, पेन्टागनले बताएको छ।
जीवहरूको अस्तित्वसँग जोडिएको रासायनिक रहस्य पत्ता लगाउने दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
नोबेल पुरस्कार समितिका अनुसार अब बिहीवार साहित्य, शुक्रवार शान्ति अनि आगामी सोमवार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुने छ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजबाट देशैभरि लागु, विगतभन्दा फरक के छ
योजना कार्यान्वयनको समय र थप जनशक्ति एवं प्रविधि परिचालनको दृष्टिकोणले विगतभन्दा यसपालिको विशेष सुरक्षा योजना केही फरक रहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बीबीसीलाई बताएका छन्।
रुसमा प्लेग प्रयोगशालाकी कर्मचारीको मृत्यु, विश्वभरि चासो र चिन्ता
विश्व स्वास्थ्य सङ्गठनले रुसलाई साइबेरियास्थित प्लेग अनुसन्धान प्रयोगशालामा कार्यरत एक अनुसन्धानकर्ताको मृत्युसँग सम्बन्धित थप जानकारी उपलब्ध गराउन आग्रह गरेको छ।
अमेरिकामा मृत्युदण्ड दिने क्रममा घातक इन्जेक्शनबाट बचेकी कैदीलाई 'होस आयो'
हतकडी लगाइएको अवस्थामा ५० वर्षीया क्रिस्टा पाइकको सघन उपचार जारी रहेको मङ्गलवार जारी एउटा वक्तव्यमा जनाइएको छ।
मालिक, व्यापारी र खेलाडी : 'सुनौलो युग'को समाप्तिपछि मेस्सीका ठूला योजना
आर्जेन्टिनाका लागि अन्तिम खेल खेलेपछि लिओनेल मेस्सी केकेमा व्यस्त होलान्? बीबीसी स्पोर्टले तयार पारेको सामग्री।
स्वास्थ्य सेवामा नक्कली दाबी घटाउन बोर्डको नयाँ योजना, स्वास्थ्य बीमाको पछिल्लो अवस्था कस्तो छ
बोर्डका अनुसार सरकारले बीमा कार्यक्रमका लागि छुट्ट्याएको १५ अर्ब रुपैयाँमध्ये पोहोर सालकै रकम तिर्दा ११ अर्ब रुपैयाँ सकिएको र अब बाँकी चार अर्ब रहेको छ।
सूचना चुहावटको अनुसन्धान : निलम्बन प्रक्रियाको पारदर्शितामाथि उठेका प्रश्न
सशस्त्र प्रहरी बलमा दोस्रो प्रमुख शक्तिशाली पदका एक जना अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको भन्दै सरकारले अनुसन्धान सुरु गरेको विषयलाई जानकारहरू कसरी हेर्छन्?
बाढीपछि बन्द विद्यालयमा कसरी मिलाइँदै छ पठनपाठनको चाँजोपाँजो
भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका कारण लामो समय पढाइ अवरुद्ध भएका विद्यार्थीहरूको पठनपाठन कसरी व्यवस्थापन हुँदै छ?
बाढीपीडितलाई चाउचाउ र बिस्कुटको साटो कस्तो खानेकुरा दिने
बाढीबाट प्रभावित मानिसलाई चाउचाउ र बिस्कुटका सट्टा कस्ता खानेकुरा दिन सकिन्छ? त्यसका लागि सरकारले के गर्न सक्छ?
अन्तरिक्षमा उत्पन्न न्यूट्रिनो पत्ता लगाउने वैज्ञानिकलाई नोबेल पुरस्कार
अब रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्रतर्फका पुरस्कार विजेताको नाम घोषणा हुन बाँकी छ।
सेनालाई ग्यास उद्योग सञ्चालन गर्न दिन लागिएको चर्चा किन, आयल निगम के भन्छ
नेपाली सेनाले हाल आफ्नो कल्याणकारी कोषमार्फत् सङ्घीय राजधानी काठमाण्डूमा समेत गरी देशका केही स्थानमा पेट्रोल पम्पहरू सञ्चालन गर्दै आएको छ। के अब ग्यास उद्योग चलाउन पनि सेना अगाडि सर्ला?
दिल्लीमा पक्राउ परेका प्रदर्शनकारीहरू बस फोडेर भागे
मतदाता नामावलीबाट लाखौँ लाख मानिसको नाम हटाइएको भन्दै भारतका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्न केही दिनदेखि विरोधप्रदर्शन जारी छ।
'खतराका कारण' यूकेबाट अमेरिकी बमवर्षक विमानहरू फिर्ता गरेको ट्रम्पको स्पष्टोक्ति
यूकेको सैन्य हवाई अखडाबाट अमेरिका फिर्ता लगिएका बमवर्षक विमानहरूमा करिब एक दर्जन 'बी-वन' रहेको बुझिएको छ।
बाढी र पहिरोले बिथोलेका सडकमा चाडपर्वका बेला लाखौँ मानिसको आवतजावत कसरी होला
यो वर्षको दशैँ र तिहारमा यात्राहरूलाई सहज हुने गरी सडकको अवस्था मिलाउन निर्देशन दिइएको एउटा संसदीय समितिले जनाएको छ।
कांग्रेसको 'राजनीतिक' विभाजन, छुटेका नेताहरूले अब के गर्छन्?
संस्थापन पक्षले महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएसँगै नेपाली कांग्रेस राजनीतिक रूपमा नै विभाजन भएको जानकारहरूले बताएका छन्।
मेक्सिकोको न्याश्नल गार्डमा चिह्वाह्वा जातको कुकुर
मेक्सिकोको न्याश्नल गार्डमा भर्ती भएको चिह्वाह्वा जातको कुकुरमा क्यामरासहितको उपकरण जडान गरिएको छ।