Headlines, one place.
The latest from Nepal’s major news portals. Every headline links to the original story on the source’s own site.
उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन
गोरखा।उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्। सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बूढीगण्डकी बाढीले क्षति पुर्याएका कारण उक्त क्षेत्रका जनता प्रभावित बनेका हुन्। आइतबार मध्यरातिदेखि आएको बाढीले…
प्रदेश सभा सदस्य शर्माको निलम्बन फुकुवा
जनकपुरधाम। मधेस प्रदेश सभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा भएको छ। मधेस आन्दोलनका क्रममा असई थमन बिकको हत्याका मुख्य आरोपी रहेका शर्मा साधारण तारिखमा सर्वोच्च अदालतद्वारा रिहा भएपछि उनको निलम्बन फुकुवा गरिएको प्रदेश…
ओलीको दाबी : आगामी निर्वाचनमा पनि एमालेविरुद्ध घेराबन्दी हुन्छ
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा पनि आफ्नो पार्टीविरुद्ध घेराबन्दी हुने दाबी गरेका छन्। उनले त्यस्ता चुनौतीको सामना गर्दै पार्टी अघि बढ्नु पर्ने बताएका छन्। सोमबार…
कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौं : मन्त्री गौतम
चितवन।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताएकी छन्। चितवन उद्योग संघको ३५औं वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट…
कांग्रेसको मतगणना २३ ठाउँमा जारी
काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदहरूको मतगणना कार्यलाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एक साथ २३ स्थानमा मत गन्ने कार्य भइरहेको छ।…
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र उडफोर्डलाई
स्टकहोम।अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीतिमार्फत अर्थतन्त्रमा हुने उतारचढावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न…
ऊर्जा संकट र ऋणको दबाबमा विश्व अर्थतन्त्र
बैंकक।अमेरिका–इरान युद्धबाट बढेको ऊर्जा संकट, चुलिँदो ऋण र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा भइरहेको लगानीले विश्व अर्थतन्त्र प्रभावित भइरहेका बेला अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखहरू अन्तर्राष्ट्रिय मुद्रा कोष…
पाकिस्तानमा खानको पार्टीका २७८ सदस्य पक्राउ
पेशावर।पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपतकालीन शासन लागू भएपछि जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ। दुई प्रहरी अधिकारीका…
चुम उपत्यका पुगेका पर्यटक अलपत्र
गोरखा।भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्। आइतबार गएको बूढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र परेका हुन्। हिँडडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटक त्रासमा…
विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नु पर्नेमा जोड
काठमाडौं।विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन तर्जुमाका लागि रायसुझाव…
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपरासी।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गैँडाकोट इङ्लिस स्कुलको ग१ख ३९७० नम्बरको बसले आज गैँडाकोट–५ को कुसुमघाटस्थित भित्री सडकमा ना५८प ४५७२ नम्बरको…
अर्थशास्त्रको नोबेलका सम्भावित विजेताबारे चर्चा
स्टकहोम। मौद्रिक नीति, व्यवहार अर्थशास्त्र, प्रविधि र आर्थिक विकास यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कारका सम्भावित क्षेत्रका रूपमा चर्चामा छन्। सोमबार स्थानीय समयअनुसार बिहान ११ः४५ बजे विजेताको घोषणा हुँदैछ। ससेक्स…
पुलको पहुँचमार्ग बन्यो, १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन
बागलुङ।बागलुङ जिल्ला १५ दिनपछि सिधा यातायातको पहुँचमा जोडिएको छ। यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग बगाएर अवरुद्ध बनेको सडक १५ दिनपछि सञ्चालनमा आएको छ। करिब ३५…
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौं : स्वास्थ्यमन्त्री मेहता
काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्। विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा आज…
पृथ्वी राजमार्ग आज राति ६ घण्टा बन्द हुने
काठमाडौं।पृथ्वी राजमार्गस्थित धादिङको गलौंदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज बेलुका ११ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)…
कांग्रेस सहमहामन्त्री खुलामा रामहरि र अजयबाबुको अग्रता कायमै
काठमाडौं।नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ। खुलामा नौं जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन्। जसमा रामहरि खतिवडा र…
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
तनहुँ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुँवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ सिद्धलेक गाउँपालिका–६ करिब ३० वर्षीय सञ्जीव मगर रहेको प्रहरी नायब…
तिक्तता बिर्सेर कांग्रेसलाई एकढिक्का बनाउन पौडेलको आह्वान
काठमाडौं।नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा उत्पन्न तिक्तता बिर्सेर एकताबद्ध कांग्रेस निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्। कांग्रेसको १५औं…
बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान
काठमाडौं।गृहमन्त्री सुधन गुरुङ भारतको दिल्ली प्रस्थान गरेका छन्। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिम्स्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी सोमबार भारतको दिल्ली प्रस्थान…
शक्तिपीठहरूमा भक्तजनको भीड
बडादसैँको दोस्रो दिन देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। नवरात्रका अवसरमा बिहानैदेखि दर्शन र पूजाआराधनाका लागि मन्दिर पुग्नेहरूको भीड लागेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयबागीश्वरी,…
ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण वितरण सुरु
खोटाङ।नेपाल पत्रकार महासंघ खोटाङले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण (पेन्सन) वितरण सुरु गरेको छ। पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासंघले मासिक तीन…
राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की
काठमाडौं।नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनताप्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताएका छन्। उनले व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकार…
लाभ र पदका लागि कहिल्यै राजनीति गरिनँ : भट्टराई
काठमाडौं।नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन्। उपसभापति खुलामा उम्मेदवार रहेका भट्टराईले पराजित भएपछि मतदातालाई धन्यवाद…
चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता : सुरक्षित यात्राका लागि सचेतना
काठमाडौं।दशैं, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ। चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने, लामो तथा छोटो दूरीका यात्रुको आवागमन वृद्धि हुने र यात्राका…
तीन दशकदेखि मकै पोल्दै : घरखर्च जुटाउँदै शान्ति
सुनसरी।धरान उपमहानगरपालिका–१६ की ५९ वर्षीया शान्ति श्रेष्ठले मकै पोलेर बिक्री गर्दै तीन दशकदेखि घर व्यवहार चलाउँदै आएकी छन्। श्रीमानको निधनपछि घरको आर्थिक जिम्मेवारी आफै सम्हाल्दै आएकी उनले यही पेसालाई जीविकोपार्जनको…
बेगमा वडा र स्वास्थ्य चौकीको भवन निर्माण
म्याग्दी।म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड ५० लाख रुपैंयाँको लागतमा स्वास्थ्य चौकी र वडा कार्यालय भवन निर्माण भएको छ। तीनतले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन आइतबार गाउँपालिकाका अध्यक्ष…
नौ वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिकलाई
कञ्चनपुर।कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु) ले नौ वर्षदेखि आफूले पाउँदै आएको तलबभत्ता बापतको रकम वडाका जेष्ठ नागरिक र अपाङ्गा भएका व्यक्तिलाई वितरण गर्दै आएका छन्। पहिलो पटक २०७४ सालमा…
विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
भोजपुर।भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ। विद्यालयको भौतिक सम्पत्तिको संरक्षणसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले…
बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न नौ करोड बढी बजेट
बाजुरा।सुदूरपश्चिम प्रदेश सरकारले बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा केबुलकार सञ्चालनका लागि आवश्यक अध्ययन गर्न तीन करोड २५ लाख बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ का लागि…
सस्तियो सुनचाँदी, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। तीन दिन लगातार बढेको सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार १ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले सस्तिएको हो। आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ कायम…
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
वासिङटन। विश्वव्यापी बहुआयामिक गरिबीको सूचकाङ्क सन् २०१० मा सुरु भएयता पहिलो पटक बढेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको…
ट्रम्पको ऊर्जा युद्धविराम घोषणामाथि प्रश्न, रुसी आक्रमण जारी रहेको युक्रेनको दाबी
वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्ने उद्देश्यले ‘ऊर्जा युद्धविराम’ भएको घोषणा गरेका छन्। तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घोषणापछि पनि रुसी…
महामन्त्रीमा पराजित भएपछि घिमिरेले भने, ‘हार अन्त्य होइन, नयाँ सुरुवात’
काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महामन्त्रीमा पराजित गुरुराज घिमिरेले हारलाई नयाँ राजनीतिक यात्राको सुरुवातका रूपमा लिएको बताएका छन्। महामन्त्रीमा १,५१३ मत प्राप्त गरेका घिमिरेले आफूलाई मत दिने महाधिवेशन…
पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता चाहिन्छ : प्रधानमन्त्री शाह
काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता आवश्यक रहेको बताएका छन्। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम…
सहरवासीको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार
बझाङ । घरमा आमा छिन्। परिवार छ। आफन्त छन्। दशैंमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ। तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका…
मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित
पाँचथर।पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उदगम खण्ड कालोपत्र गर्ने काम अझै अनिश्चित रहेको छ। निर्माण कम्पनीको लापरवाहीका कारण पाँचथरमा पर्ने उक्त सडक अलपत्र परेको हो। ठेक्का लागेको ६ वर्ष बित्न लाग्दा समेत…
नवरात्रको दोस्रो दिन : शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को
काठमाडौं।दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि चाप बढ्न थालेको छ। सामान्य अवस्थामा पनि देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दशैंको दोस्रो दिन भएकाले…
अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च
कास्की।अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक करोड चार लाख ८५ हजार ४९८ सहयोग जुटेको छ। गाउँपालिकाले विपदबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको…
सुनिलबाबु पन्तको ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक
काठमाडौं। संविधानसभा सदस्य सुनिलबाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक गरिएको छ। पुस्तक लोकार्पण कार्यक्रममा सहभागी संविधानसभा सदस्य, प्राध्यापक, लेखक तथा अधिकारकर्मीले लैङ्गिक तथा यौनिक…
नारायणगढ बजार व्यवस्थित बनाउन टास्क फोर्स सक्रिय
चितवन। चाडपर्वका समयमा हुने भीडभाड र अव्यवस्थित गतिविधि नियन्त्रण गरी नारायणगढ बजार व्यवस्थित बनाउन बजार व्यवस्थापन कार्यदल (टास्क फोर्स) सक्रिय भएको छ। टास्क फोर्सले बजार व्यवस्थापन, शान्ति–सुरक्षा, सवारी आवागमन र बजार…
नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च
काठमाडौं।बडादशैं नजिकिएसँगै काठमाडौंको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन्। नयाँ…
गाउँको बदलिँदो कथा बोकेको ‘स्थानबोध’ सार्वजनिक
काठमाडौं। गाउँमा सडक पुगेपछि स्थानीय उत्पादनमा कस्तो परिवर्तन आयो ? आधुनिक सुविधाको विस्तारसँगै गाउँको परम्परागत जीवनशैली कसरी बदलियो ? बसाइँसराइले ग्रामीण अर्थतन्त्र, संस्कृति र सामाजिक सम्बन्धमा कस्तो प्रभाव पार्यो ?…
महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने– यो अन्त्य होइन, नयाँ सुरुवात हो
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीमा पराजित उम्मेदवार गुरुराज घिमिरेले आफूलाई विश्वास गरी मत प्रदान गर्ने महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्। महामन्त्री पदमा १ हजार ५१३ मत प्राप्त गरेका…
महँगीले ढाड सेक्ने दसैँ
दसैँ सुरु भएसँगै बजारमा उपभोक्ताको चहलपहल बढ्न थालेको छ। पसलहरूमा नयाँ-नयाँ कपडा झुन्ड्याइएका छन्। बिक्रेतासँग उपभोक्ताहरू मोलमोलाइ गरिरहेका दृश्य देख्न सकिन्छ। खाद्यान्नका पसलतिर पनि उपभोक्ताको भीड बाक्लिँदो छ। दसैँका…
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ । सहमहामन्त्रीहरूको अन्तिम मत परिणाम आज अपरान्हसम्म सार्वजनिक गरिने निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।…
चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
चितवन।चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ। बर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो । बर्सातले बिग्रिएका निकुञ्ज भित्रका सडकहरु मर्मत गरेर जिप…
हराउन थाले दसैँका परम्परागत पिङ
डडेल्धुरा । नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । आइतबार घटस्थापनासँगै यस वर्षको दसैँ घर-घरमा प्रवेश गरेको छ । मठमन्दिरसहित घरमा…
अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो
लमजुङ।बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध हुँदा कमी आएको पर्यटक…
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन्। हालसम्म गणना भएको १ हजार ६८९ मतमा…
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : चन्द्रकान्त भण्डारी
काठमाडौं।नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। उनले महाधिवेशन प्रतिनिधिहरू तथा…
म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या
म्याग्दी।म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी…
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
तनहुँ।दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । फूलखेतीले स्थानीय…
रुस र युक्रेनले ‘ऊर्जा युद्धविराम’ का लागि सहमति जनाएको ट्रम्पको दावी
वासिङटन । रुस र युक्रेनले एकअर्काको ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्न सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उनले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, “तत्काल प्रभावकारी हुने गरी रुस र युक्रेनबीचको…
कांग्रेसकाे उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन् । त्यस्तै,…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो…
कांग्रेस महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित भएका छन् । पौडेल सर्वाधिक ४ हजार १९४ मतसहित विजयी भएका छन् । अर्का विजयी उम्मेदवार उदय शमशेर राणाले २ हजार ३३० मत प्राप्त गरे ।…
दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा…
‘पोखरा पाँचकोट अल्ट्रा ट्रेल दौड’को उपाधि मगर र बुढालाई
कास्की।कास्कीका ऐतिहासिक पाँच कोटलाई समेटेर आज आयोजना गरिएको ‘पोखरा पाँचकोट ५० किमी अल्ट्रा ट्रेल रेस–२०८३’अन्तर्गत पुरुषतर्फको उपाधि मनकुमार रोका मगरले हात पारेका छन्। निर्धारित ५० किमीको दूरी पाँच घण्टा २१ मिनेट ५४…
बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार
काठमाडौं।गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित उङ्गिलुङका दुई महिला र तीन…
कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता
ललितपुर।नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पाँच हजार ५०० मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता लिइरहेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा साँझ ८ः५०…